गरिबी तथा बेरोजगारीको आवाज उठाउने वाचाका साथ ट्याक्सीमा प्रस्थान निवर्तमान मन्त्री विष्ट

  २०७६ मंसिर ५ गते १६:१०     विकासन्युज

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरिबी तथा बेरोजगारी युवाको अभावका बारेमा सधै आवाज उठाउने प्रतिवद्धता साथ भाडाको ट्याक्सीमा घर फर्किएका छन् । विहीबार मन्त्रालयका भएको नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई शुभकामना तथा विदाई कार्याक्रमबाट घर भाडाकाे ट्याक्सीमा फर्किएका हुन् ।

कार्याक्रमलाई सम्बोधन गर्दै विष्ट भने ‘पद अस्थायी रुप हो, हामीले राष्ट्र सेवकको भूमिका र कर्तव्यनिष्ट भएर काम गर्नु पर्छ ।’ सत्तामा मात्र नभई देशको सवृद्धिका लागि आगामी दिनमा आत्मविश्वका साथ लाग्ने बताए । ‘मन्त्री बन्नकै लागि मैले राजनितिक गरेको होइन, २० महिना अगाडी प्रधानमन्त्रीले दास्रो पटक मन्त्रीको जिम्मेवारी दिनुभयो, सो अवधि भित्रका हरेक क्रियाकलापलाई मनन गर्दै उहाँप्रति कृतज्ञता व्यक्त गर्छु ।’

श्रममन्त्री रामेश्वर रायलाई बधाई तथा कार्यकाल शुभकामना दिँदै निर्माण भएका निति तथा नियमलाई कडाइका साथ लागु गर्दै वैदेशिक रोजगारका लागि फाटेको जुत्ता र कपडा लगाएर म्यानपावर धाउँनु पर्ने बाध्यतासँगै व्यवसायीबाट ठगिने लाखौं गरिब युवाको समस्यालाई बुझेर आफुले बनाएको निति सफल रुपमा कार्य गर्ने आशा व्यक्त गरे ।

वैदेशिक रोजगारका क्षेत्रमा भएको नयाँ निति तथा केहि सुधारका काम भएसँगै वेरोजगार युवालाई लक्षित गरि निर्माण गरिएको प्रधानमन्त्री रोजगार कार्याक्रम सफल आगामी दिन नवनियुक्त श्रममन्त्री राय यादवले सफल बनाउने आशा व्यक्त गरेका हुन् । निवर्तमान मन्त्री विष्ट वि.सं २०६८ सालमा उर्जा भएका थिए । त्यो समयमा पनि उर्जा क्षेत्रमा भएको नराम्रा गतिविधिलाई हटाउने प्रायस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.