५३ करोड आयकर तिरेर नेपाल लाइफ बन्यो उत्कृष्ट, सीईओ झा भन्छन् – ‘अरूले उछिन्ला कि भन्ने चिन्ता छैन’

  २०७६ मंसिर ५ गते १३:५६     विकासन्युज

काठमाडौं । ५३ करोड रुपैयाँ आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको छ । इन्स्योरेन्सलाई आन्तरिक राजश्व विभागले यही मंसिर १ गते क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान गरेको थियो । त्यस्तो सम्मान आर्थिक वर्ष २०७४/७५ मा तिरेको करका आधारमा दिइन्छ । नेपाल लाइफले त्यो वर्ष सो रकम बराबरको आयकर बुझाएको इन्स्योरेन्सका प्रमुख कार्यकारीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए ।

हाल नेपाल लाइफले जीवन बीमा व्यवसायमा नयाँ प्रिमियम (बीमा शुल्क) मा ३३ प्रतिशत र कुल प्रिमियममा ३५ प्रतिशत बजार हिस्सा ओगट्दा २८ हजारले कम्पनीमार्फत् प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । इन्स्योरेन्सले थप १२ हजार जनशक्तिलाई आफ्नो कम्पनीमार्फत् रोजगारी दिने लक्ष्य लिएको झाले जानकारी दिए ।

बीमा कम्पनीहरूले नेपाल सरकारलाई २५ प्रतिशत आयकर बुझाउनु पर्छ । इन्स्योरेन्स कम्पनीले ग्राहकहरूलाई दिने सन्तुष्टी नै व्यापारको उपलब्धि हो,’ उनले भने ‘सो कुरामा आफूहरू अब्बल छौं ।’

‘अरुले जित्छ कि भन्ने चिन्ता छैन’

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले करिब २० प्रतिशत बजारहिस्सासहित नम्बर वान कम्पनी भए पनि आफूहरुलाई कसैले उछिन्ला कि भन्ने चिन्ता नभएको बताएका छन् । ‘नेपाल लाइफ भनेको नतिजा कस्तो आउँला भनेर पछि हट्ने कम्पनी होइन, बरु नतिजा राम्रो बनाउन मेहनत गर्ने कम्पनी हो ।’ झाले भने ‘अवश्य पनि हामी हाम्रो क्षेत्रमा बढी कर तिर्ने कम्पनी बनेका छौं । यसमा हामीलाई गौरव छ ।’ उनले आफूहरूलाई बीमा बजारमा कसैले उछिन्ला भन्दापनि आफू कसरी थप राम्रो बन्ने भन्ने कुरामा केन्द्रीत रहँदै आएको बताए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७८ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब भन्दा बढी रुपैयाँ रहेको छ भने उक्त कम्पनीको चुक्तापुँजी साढे ५ अर्ब रुपैयाँ रहेको छ । बीमा कम्पनीको सफलता बीमा गर्दा मात्र नभइ बीमा गरेर परिपक्कता भएपनि बिमकले पाउने सेवाबाट देखिन्छ । आम जनताको विश्वास जितेरमात्रै हामी अघि बढ्न सक्छौं ।
झाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ पद सम्हालेको करिब ७ वर्ष पुगेको छ ।

यसरी हेर्छन् बीमा कम्पनीका सिइओले बीमा व्यवसायलाई

‘यो बीमा भनेको दौड हो यसमा सबैको आफ्नो काम छ मेरापनि आफ्नै काम छ’–सिइओ झाले भने । बजारमा अथाह अवसर र सम्भावनाहरू रहेका हुन्छन् । बीमा कम्पनीहरुले त्यो सम्भावनालार्ई देख्न सक्नुपर्छ ।

कुल बीमा बजारको हिस्सा २० प्रतिशतसम्म पुग्यो यो राम्रो कुरा हो । तर, बीमा क्षेत्रमा काम गर्नपनि अझै बाँकी छ । अर्को कुरा भनेको सामान्य अवस्थामा बीमा गर्ने प्रचलन विकास हुन सकेको छैन । यस सम्बन्धि जागरुकत्ता नहुँदा जुन हिसाबले पहँच बढ्नु पर्ने हो सोही अनुरुप बढ्न सक्दैन ।

यो राम्रा कुरा होइन । सोही कारण बीमा बजारको हिस्सालाई अघि बढाउन सबैले आफ्नो तर्फबाट भुमिका खेल्न पर्छ । बीमा भनेर होइन बुझेर गर्ने वातावरण सिर्जना गर्नु पर्छ । एकै जनाले विभिन्न किसिमका बीमा पोलिसी किन्न सक्षम हुनु पर्ने सीईओ झाको बुझाइ रहेको छ ।

बीमामा आएको पैसा भनेको बैंकमा बचत गरिएका पैसा मात्र नभई ग्रामीण भेगका बसोबास गर्ने मध्यम आयस्तर भएका व्यक्तिहरूको समेत भएको नेपाल लाइफ इन्स्योरेन्सको बुझाइ छ । यस्तै, बीमा गर्दा आएको पैसाले समग्र देशको अर्थ तन्त्रमा महत्व राख्ने भएकाले यसको महत्व पनि सबैले बुझ्न आवश्यक रहेको बताइएको छ ।

नियामक निकाय बीमा समितिले पछिल्लो समयमा गर्दै आएको नियामकीय भुमिकामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुशी व्यक्त गरेको छ । यसरी नै भोलिका दिनमा समग्र बीमा क्षेत्रमा सुधार ल्याउन बीमा समिति, बीमा कम्पनी र जनतामा बीमा सञ्चार कायम हुन आवश्यक रहेको कम्पनीको बुझाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.