चार भेरियन्टमा सुजुकीको ‘एस-प्रेसो’ नेपाली बजारमा, मूल्य २२ देखि २५ लाख रुपैयाँ

  २०७६ मंसिर १ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी ‘फोर-ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा मिनी एसयुभी ‘एस-प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ सार्वजनिक गरेको छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस-प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस-प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री वितरण हुनेछ । सुजुकीले ‘एस-प्रेसो’मा ‘वेस्ट-इन-क्लास’ फिचरहरु समेत लोड गरेको छ ।

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने- ‘‘एस-प्रेसो’को लन्च हामी हाम्रा ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’मा‘बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी’उपलब्ध गराउन प्रतिबद्ध छौं । ‘एस-प्रेसो’ बीएस६ मापदण्डमा आधारित छ जुन वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो । ‘एस-प्रेसो’ले यो सेग्मेन्टमा नयाँ उत्साह सिर्जना गर्नेछ ।’

एक्सटेरियर

नयाँ सुजुकी ‘एस-प्रेसो’ को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीको स्वरुप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’कोअनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’दिएको छ । साथै, ‘१८० एमएम हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरुपलाई आर१४ टायरजडितवर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ ।

यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदिएको छ । चौडा ‘सि-सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्र नभएर सडकमा सहजै चिन्न सकिने बनाएको छ ।

‘युनिक र युथफुल’इन्टेरियर

सुजुकी ‘एस-प्रेसो’मायुनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेष गरी युवाग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।

‘एस-प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रुम’ समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याककलर स्किम’ सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।

रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’

‘एस-प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’ जडित टच स्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’वाअन्यकुनै ‘स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिबल’ छ ।

‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी माइलेज दिन्छ ।

बेजोड ‘सेफ्टी फिचर’

यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस-प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ ।

यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि-टेन्सनर’ र ‘फोर्स लिमिटर’ सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरु रहेका छन् ।

यस्तो छ मूल्यः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.