३७ वटा नयाँ औषधि कम्पनी खुल्दै, हरेक कम्पनीमा २० देखि ४० कराेड लगानी हुँदै

  २०७६ मंसिर १ गते १३:४४     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा ३७ नयाँ औषधि उत्पादक कम्पनीले प्रवेश गर्ने भएका छन् । पछिल्लो दुई वर्षको अवधिमा औषधि व्यवस्था विभागमा ३७ नयाँ औषधि कम्पनी दर्ता भएका हुन् । २ वर्षयता विभागबाट ती औषधि कम्पनीले दर्ता अनुमति पत्र लिएको विभागले जानकारी दिएको छ । विभागमा दर्ता भएका कम्पनीहरूको लागत २० करोड देखि ४० करोड रुपैयाँसम्म रहेको छ ।

विभागका अनुसार दर्ता हुने कम्पनीहरुमा नेपाल आयुर्वेद, राजदेवी फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, पोखरा फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, लाईका फर्मास्यूटिकल्स, टिजिग फर्माप्राईभेट लिमिटेड लगायत रहेका छन् ।यी कम्पनीहरुको मध्ये धेरै बजारमा आउनको तयारीमा रहेको विभागका फार्मेसी अधिकृत विवेक गौतमले बताए । उनीहरू उत्पादनको तयारीमा पुगेका छन्,’ उनले भने ।

हाल नेपाली बजारमा ५९ वटा नेपाली औषधि कम्पनी छन् भने ३७० वटा विदेशी कम्पनीका औषधि बिक्री भइरहेका छन् । विदेशी कम्पनीका औषधिमध्ये भारतीय कम्पनीको ठूलो बजार हिस्सा रहेको छ ।

बजारमा नयाँ कम्पनी आएपनि ठूलाे असर नपर्ने देउराली जनता फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले बताए । ‘औषधिकाे बजारमा धेरै समस्या छन् । सरकारले भएका औषधि कम्पनीलाई समेत नियमन गर्न सकेको छैन,’ उनले भने ‘यस्तो अवस्था नयाँ कम्पनीको आउनुको कुनै औचित्य रहँदैन । के कसरी कस्ता औषधि उत्पादन हुने हो, ती औषधिको माग बजारमा कस्तो छ यसको वारेमा नियामक निकायको ध्यान जानु पर्ने उनले बताए ।

नेपाल औषधी उत्पादक संघका प्रवक्ता विप्लप अधिकारी भन्छन्, ‘सरकारले दुई वर्षभित्र नेपाललाई औषधी उत्पादनमा आत्मानिर्भर बनाउँछु भन्दै गर्दा नितिमा भने कार्यनयन गर्न सकेको छैन । नेपालमै उत्पादन हुने औषधीहरुको विदेशी आयत नरोकेसम्म नयाँ औषधी कम्पनीलहरुले राम्रो स्थान पाउँदैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.