लाभांश रकम यथाशीघ्र बुझिलिन एनआईसी एशियाको अनुरोध

  २०७६ कार्तिक २९ गते १६:१०     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंक लि.ले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी भए सो लाभांश रकमको पूर्जी बुझ्न अनुरोध गरेको छ ।

सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट लाभांश प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेको हो । साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.