काठमाडौं उपत्यकामा संस्थागत घरजग्गा व्यवसाय शून्य, चालु आवमा कसैले लिएनन् स्वीकृति

  २०७६ कार्तिक २९ गते १३:४७     सुनिता पुडासैनी

काठमाडौं । चालु आर्थिक वर्षमा संस्थागत घरजग्गा व्यवसाय दर्ता शून्य रहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट चालु आर्थिक वर्षमा घरजग्गा व्यवसायलाई संस्थागत स्वीकृति लिनेको संख्या शून्य रहेको हो । वि.सं २०६१ सालदेखि हालसम्म दुई सय १२ वटा व्यवसायी संस्था दर्ता भएका छन् ।

ती संस्था अन्तर्गत उपत्यका भित्रका करिब २७ हजार ४ सय २२ रोपनी जग्गा सामुहिक आवास, संयुक्त आवास, जग्गा प्लटिङ्ग, हाउजिङ्ग, अपार्टमेन्टका प्राधिकरणले स्वीकृत दिएको छ । दिनप्रतिदिन मानव वस्तीले भरिदै गएको उपत्यकामा १२ हजार ९ सय ८८ वटा स्वीकृत इकाई (प्लट) रहेका छन् । ती मध्ये थोरै मात्रामा भवनहरु निर्माण भएका छन् भने कतिपय निर्माणाधीन अवस्थामा रहेका छन् ।

तथ्यांकलाई हेर्ने हो भने उपत्यकामा जग्गाको कारोबार व्यवसायिक रुपमा घट्दै गएको छ । मानिसको चासोको विषय रहेको घरजग्गा परियोजना वि.सं २०७२ साल बैशाख १२ गते गएको भूकम्प पछि सुस्ताउँदै गएको छ ।  वि.स २०६४।६५ सालमा सबैभन्दा बढी व्यवसायिक परियोजनाको स्वीकृत लिने संस्था रहेका थिए ।

वि.सं. २०६१ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणमा जम्मा ३ वटा संस्था दर्ता भएसँगै परियोजना दर्ताको शुरुवात भएको थियो ।
काठमाडौं उपत्यकामा भूकम्प जानु अगाडि व्यवसायिक घरजग्गाले आफ्नो स्थान जमाए पनि भूकम्प पछिका दिनमा क्रमिक रुपमा घट्दै गएको काठमाडौं उपत्यका प्राधिकरणले जनाएको छ ।

यस्तो छ काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांक :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.