हिमालयन बैंकको नाफा ६९ करोड, निक्षेप बढेर एक खर्ब नाघ्यो

  २०७६ कार्तिक २९ गते १२:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो तीन महिनामा ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तीन महिनामा ५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी एक खर्ब १५ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापटी ५ अर्बले वृद्धि गरी ९७ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । बैंकले खुद आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ पुर्याउँदा एक अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च गरेको छ ।

त्यस्तै, बैंकको खराब कर्जा घटेर १.१६ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ६.१४ बाट ६.४२ प्रतिशतमा पुगेको छ । पुँजी प्रयाप्त अनुपात बढेर १४.०८ प्रतिशत छ । बेसरेट ९.२२ बाट घटेर ८.९३ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको स्प्रेड दर बढेर ५.३६ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.८३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर मूल्य आम्दानी अनुपात १५.४० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.