माछापुच्छ्रे बैंककाे जोड व्यवसाय विस्तारमा, तीन महिनामा नाफा साढे ३७ करोड

  २०७६ कार्तिक २९ गते ९:१७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारलाई जोड दिएको छ । साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी ९१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापाटी ८ अर्ब ५४ करोडले वृद्धि गरी ८३ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । असोज मसान्तमा बैंकको वासलात १ खर्ब १४ अर्ब रुपैयाँ भएको छ, जुन असार मसान्तको तुलनामा ९ अर्बले बढी हाे ।

८ अर्ब ४५ करोड चुक्ता पुँजी भएको यस बैंकले ३ महिनामा ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा थोरै बढेकाे देखिन्छ । चालु आर्थिक वर्षमा १३ वटा शाखा थप गरी  १४३ वटा पुर्याएकाेले र नयाँ व्यवसाय विस्तारमा जोड दिईएकोले नाफा वृद्धि कम हुन गएको बैंक उच्च व्यवस्थापनले जनाएका छ ।

बैंकका अन्य धेरै परिसूचकमा सुधार देखिएको छ । बैंकको खराव कर्जा घटेर शुन्य दशमलव ३१ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ७.९९ बाट ७.५७ प्रतिशतमा झरेको छ । बेसरेट ११.२१ बाट घटेर १०.५६ प्रतिशतमा झरेको छ । पुँजी प्रयाप्तता अनुपात १३.८९ प्रतिशत छ । यसको अर्थ नयाँ व्यवसाय विस्तार गर्न बैंकलाई प्रयाप्त स्पेश रहेको देखिन्छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६४ पैसा छ । प्रति सेयर मूल्य आम्दानी अनुपात १२.६० रहेको छ । विहीबार बैंकको सेयर २२४ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.