नेपाल भ्रमण बर्ष २०२० को प्रचारका लागि ‘ट्राभल शो’, विभिन्न देशमा प्रशारण गरिने

  २०७६ कार्तिक २८ गते १६:३३     विकासन्युज


काठमाडौँ । भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले भिजिट नेपाल वर्ष २०२० को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा पल्सर द नेक्ट डेस्टिनेशन’ नामक पाक्षिक टेलिभिजन कार्यक्रम ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ ।

सचिवालयमा विहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको बताए ।

द होराईजन मल्टिमिडिया प्रालि तथा भिजिट नेपाल वर्ष २०२० सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टिमिडिया प्रालिका अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष छ । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाइएको छ ।

प्राकृतिक सुन्दरतासँगै समाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक धितालले बताए ।

कार्यक्रम नेपाली भाषा सहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत सव टाइटल गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.