अजोड इन्स्योरेन्स ३ महिनामा २० करोड बीमा शुल्क आर्जन गर्न सफल, नाफा ७८ लाख रुपैयाँ

  २०७६ कार्तिक २८ गते १०:२५     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्सको विजनेश ग्रोथ राम्रो देखिएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा कम्पनीले करिव २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार ४४३ बीमा लेख जारी गरेको छ ।

विजनेश विस्तारसँगै कम्पनीमा बीमा दावी पनि बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप ४ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा छ भने प्रतिसेयर कुल सम्पत्ति मुल्य १६० रुपैयाँ रहेको छ । तर प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ११ पैसा मात्र छ । असोज मसान्तसम्ममा कम्पनीले करिव ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.