२० हजार बढी सहकारी सामाजिक सुरक्षा कोषमा आउने तयारीमा

  २०७६ कार्तिक २५ गते १३:०५     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषका सन्दर्भमा क्षेत्रगत छलफललाई तीब्रता दिएका छन्। मन्त्री विष्टले पुल्चोकस्थित मन्त्री निवासमा गर्दै सहकारीकाे सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीसँग छलफल गरेका हुन् ।
छलफलमा सहकारी संघसंस्थाका पदाधिकारी टोली सरकारको अभियानमा पुर्ण साथ र समर्थन जनाएका छन् । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबी कार्कीले भने ‘देशैभर करिब २० हजार बढी सहकारी सक्रिय छौं, त्यहाँ करिब ५ लाख कर्मचारी प्रत्यक्ष रोजगारीमा छौं ।’

सामाजिक सुरक्षा कोषको समयसिमा भित्रै सबैलाई कोषमा सहभागी गराउन प्रतिबद्ध अध्यक्ष कार्कीले बताए । अनिवार्य विषय भएकाले देशैभरका सहकारी र सहकारीमा काम गर्ने श्रमिक साथीहरुलाई कोषमा सहभागी गराउन थप पहलकदमी रहेको मन्त्री विष्टले बताए ।
संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै सहकारीहरु समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षाका साथ सहकारी सहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरि पहल गरिरहेका जानकारी दिएका छन् ।

छलफल पछि सहकारी संघ मातहतका प्रशिक्षकलाई केही दिनमै कोषबारे प्रशिक्षित गर्ने र देशैभर जिल्ला जिल्लामा जागरणका लागि पठाउने सहमति भयो । मन्त्री विष्टले यसै सन्दर्भमा दिँउसो नेपाल उद्योग परिसंघका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यस अघि मन्त्री विष्टले बिहिवार नेपाल बैंकर संघ, शुक्रबार गैर सरकारी संघ सस्था, उपभोक्ता महासंघ र आइतबार एन प्याब्सनका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

छलफलमा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबी कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, साना किसान सहकारी संघका सञ्चालक सहित पदाधिकारी तथा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.