राज्यमन्त्री रावलद्वारा राजीनामा

  २०७६ कार्तिक २४ गते १५:५९     विकासन्युज

अत्तरिया । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

उनले भने- “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ” राज्यमन्त्री रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.