मृगौला प्रत्यारोपणको लागि धाउनु पर्दैन विदेश, नेपालकै ८ अस्पतालमा हुन्छ उपचार

  २०७६ कार्तिक २० गते १५:२६     डोमी शेर्पा

काठमाडौं। नेपालमा मृगौला प्रत्यारोपण सुरु भएको १२ वर्ष भएको छ । मृगौला प्रत्यारोपण पहिलोपटक २००८ मा टिचिङ अस्पतालमा अष्ट्रेलियन प्रत्यारोपण टोलीबाट भएको थियो । त्यसलगतै यसलाई विर अस्पतालबाट सुरु गरिएको थियो । अहिलेको अवस्थामा मृगौला रोगीहरुको संख्या बढ्दो छ।

तथ्यांका अनुसार ३ करोड जनसंख्यामा १० प्रतिशत व्यक्तिलाई मृगौलाको समस्या रहेको छ । उक्त १० प्रतिशत व्यक्तिहरुमा मृगौला फेल मात्र नभएर अन्य विभिन्न किसिमका मृगौलासँग सम्बन्धित रोगहरु छन् । यसको अर्थ वार्षिक ३० लाख व्यक्ति मृगौला रोगको सिकार भएका छन्, जसमा वार्षिक ३ हजार व्यक्तिको मृगौला फेल भईरहेको अवस्था छ ।

कुनै पनि व्यक्तिको दुवै मृगौलाले काम गर्न छाडिसकेपछि मृतक अथवा जिवित व्यक्तिको शरिरबाट मृगौला झिकि हाल्ने प्रकिृयालाई मृगौला प्रत्यारोपण भनिन्छ । मानिसको एउटै मात्र मृगौला ठिक भए पनि उ जिवनभर स्वस्थ रहन सक्छ । दुवै मृगौलाले काम गर्न छाडेको अवस्थामा मात्र उसले प्रत्यारोपण गर्नु पर्ने हुन्छ।

मृगौला दान गर्न व्यक्ति स्वस्थ हुनुपर्छ । उसलाई कुनै पनि किसिमको रोग लागेको हुनु हुदैन । मृगौला दाता अर्थात डोनरलाई कुनै पनि किसिमको रोग नलागेको अवस्थामा मात्र दोस्रो व्यक्तिमा मृगौला प्रत्यारोपण सम्भव हुन्छ । अहिलेको अनुसन्धान अनुसार मृगौला दान गर्न व्यक्ति सामान्य व्यक्तिको दाँजोमा आयु अझै धेरै लामो देखिएको छ।

सामान्य मानिसको दाँजोमा मृगौला प्रत्यारोपण पछि दाता र दोस्रो व्यक्ति दुवैले समय-समयमा मृगौला चेकजाँच गराईरहनु पर्नेहुन्छ र केही पनि समस्या आउनुभन्दा अगाडि नै उनिहरुले चाल पाउँछन् र उपचार गर्न सक्छन् । तर दुईवटै मृगौला स्वस्थ भएको मानिसहरु कहिले पनि आफ्नो स्वास्थ्यको जाँच गराउँदैनन् र केही बिग्रिएको महसुस भईसकेपछी मात्र जाँच गराउँछन् र कतिपय अवस्थामा उनिहरु दुवैवटा मृगौला फेल भएको अवस्थामा मात्रा अस्पताल पुग्छन् ।

उदाहरणको लागि एउटा गाडी किनिसकेपछी त्यस गाडीको क्याट्लगमा १००० किलोमिटर गूडी सकेपछी सर्भि्सिङमा लैजानु भनिएको हुन्छ र मानिसहरुले त्यसलाई समय समयमा सर्भि्सिङमा लैजाने गर्छन् । तर मानिसहरु भने एउटा समय आएपछी स्वास्थ्य जाँच गराईरहनुपर्छ भन्ने कुरा बिर्सन्छन् । जसकारण मृगौला खराब भईसकेपछी मात्र उनिहरु अस्पताल पुग्छन् ।

नेपालमा हाल मृगौला प्रत्यारोपण गर्ने अस्पतालहरु ८ वटा रहेका छन्, जसमा ३ वटा सरकारी र ५ वटा प्राईभेट अस्पतालहरु रहेका छन् ।

सरकारी अस्पताल
१। धर्मभक्त नेसनल किड्नी ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर
२। विर अस्पताल, रत्नपार्क
३। टिचिङ अस्पताल, महाराजगंज

प्राईभेट अस्पताल
१। ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, टोखा
२। निदान अस्पताल, पुल्चोक
३। सुमेरु अस्पताल, धापाखेल
४। पुरानो मेडिकल कलेज, चितवन
५। नयाँ मेडिकल कलेज, चितवन

हालसम्म सबैभन्दा धेरै मृगौला प्रत्यारोपण धर्मभक्त नेसनल किड्नी ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा भएको छ ।  जहाँ ७ सयको हाराहारिमा मृगौला प्रत्यारोण भईसकेका छन् । यस्तै विर अस्पतालमा २००८ देखी २०१२ सम्म ९९ वटा मृगौला प्रत्यारोपणका केस भए र त्यसयता ५०-५५ को हाराहारिमा मृगौला प्रत्यारोपणको केस भएका छन् । यसका साथै टिचिङमा हाल ५०० भन्दा बढी मृगौला प्रत्यारोपण भईसकेका छन् । प्राईभेट अस्पतालमा ग्राण्डी अस्पतालमा ५० को हाराहारिमा मृगौला प्रत्यारोपण भईसकेका छन् । यस्तै पुरानो मेडिकल कलेजले ३ वटा केस र धापाखेल स्थित सुमेरु अस्पतालले ३ महिनाको अवधिमा ४ वटा मृगौला प्रत्यारोपण र पुल्चोक स्थित निदान अस्पतालमा ५ वटा केस भएका छन् ।नेपालको अवस्थामा मृगौला प्रत्यारोपण सफल हुने सम्भावना ९५ प्रतिशत रहेको डाक्टरहरु बताउँछन् । यधपी नेपालमा मात्र नभएर संसारभरमै मृगौला प्रत्यारोपणको सफलताको दर ९५ प्रतिशत रहेको मृगौला प्रत्यारोपण बिशेषज्ञहरुको भनाई छ । प्रत्यारोपण असफल हुने दर ५ प्रतिशत हुन्छ । कोही पनि व्यक्तिले प्रत्यारोपण १०० प्रतिशत सफल हुन्छ भनेर भन्नु झुट भएको डा. यादव बताउँछन् ।

नेपाल सरकारले अंगदान गर्ने व्यक्ति अर्थात डोनरको उमेर हद भने १८ वर्ष देखी ६० वर्ष तोकेको छ । एकदमै असाधारण अवस्थामा मात्र बढीमा ६५ वर्ष सम्मको व्यक्तिको डोनरको रुपमा लिने गरेका देखिएको छ । १८ वर्षको भन्दा कम उमेरको डोनर लिन पाईदैन, किनभने उनिहरुले आफ्नो मृगौला प्रत्यारोपण भएको दाबी गरेको अवस्थामा जेल चलान हुने व्यवस्था रहेको छ ।

डोनरले बिरामीसँग रगतको समुह नमिलेको अवस्थामा पनि मृगौला दान गर्न सक्छन्, तर अहिलेसम्म नेपालमा रगत समुह मिलेको अवस्थामा मात्र प्रत्यारोपण भईरहेको छ । टिचिङ अस्पतालले भने रगत समुह नमिलेको अवस्थामा पनि मृगौला प्रत्यारोपण गराउने नियम छिट्टै नै सुरु गर्ने तयारी गरिरहेको छ । यधपी रगत समुह मात्र मिलेर प्रत्यारोपण गर्न सकिदैन । यस बाहेक अन्य धेरै कुरा मिलेपछी मात्र प्रत्यारोपण गर्न सकिन्छ ।

प्रत्यारोपण पछि एक व्यक्तिले जुन बिरामी हुनु अगाडिको सामान्य अवस्था थियो, त्यही अवस्थामा फर्कन सक्छ । उसले पहिला गरेको कामहरु गर्नु उसलाई केही त्यस्ता समस्याहरु आउँदैन । फरक यती हो कि उसले जिन्दगीभर औषधी खाईरहनु पर्दछ । त्यो औषधी सुरुको समयमा १५ देखी २० हजार पर्न जान्छ, त्यसपछी विस्तारै औषधीको डोज र शुल्क पनि कम पर्दै जान्छ । मृगौला प्रत्यारोपण गरिसकेपछी सबै कुरा सामान्य भएर जान्छ । यसमा तनाब लिनुपर्ने कुरा केही पनि नभएको मृगौला प्रत्यारोपण सर्जनहरु बताउँछन्।लामो समय देखी मृगौला प्रत्यारोपण गर्दै आएका डा. विरेन्द्र यादव मृगौला रोगीहरुको बाहिर जाने प्रबृति पछिल्लो समय कम भएर गएको बताउँछन् । पहिला नेपालमा ३ वटा मात्र प्रत्यारोपण गर्ने अस्पतालहरु भएको कारण नेपालीहरु बाहिर जान बाध्य भएको उनले बताए । अहिलेको अवस्थामा यो बद्लिएको छ । नेपालमै उपचार सम्भव गराउनको लागि सरकारले प्राइभेट अस्पतालहरुलाई पनि प्रत्यारोपणको लाईसेन्स दिएको छ र अहिले नेपालीहरु बाहिर जाने दर पनि रोकिएको छ ।

मृगौलालाई कसरी स्वस्थ राख्ने ?

सबैले यो गर्ने त्यो गर्ने भन्दै गर्दा म चाँही के भन्छु भन्दा मृगौला स्वस्थ राख्नको लागि सबैभन्दा पहिला आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ । जीवनशैली परिवर्तन भन्नाले नियमित व्यायाम गर्ने, खानपिनमा ध्यान दिने, पर्याप्त मात्रामा पानी खाने, मोटोपनलै घटाउने, समयमै सुगर,प्रेसरको औषधी खाएर निको पार्ने र अन्त्यमा समयसमयमा जेनेरल चेकअप गर्ने ।

अझै यसमा पनि पानी खानु सबैभन्दा ठुलो उपचार हो । औषधी नै पानी हो । हामीले पर्याप्त रुपमा पानी नखाँदा हाम्रो स्वास्थ्यलाई निकै नै नकरात्मक असर पर्छ । मेरो भक्तपुरमा हुँदाको अनुभवले यो बताउँछ कि हाम्रो खाडी मुलुकमा भएका दाजुभाईहरु बिरामी हुनुको मुख्य कारण पानीको कमी हो । चर्को घाममा काम गर्दा शरीरबाट पानी पसिनाको रुपमा बग्ने र शरीरमा पानीको मात्रा कम भई विभिन्न किसिमको रोग लाग्दछ । मृगौलालाई चाहिने पानीहरु उनिहरु पिउदैनन्, जसकारण नेपाल फर्कदा उनिहरुको मृगौला काम नगर्ने भईसकेको हुन्छ । यसैले पानी मृगौलालाई स्वस्थ राख्नुको लागि निकै नै महत्वपूर्ण तत्व हो ।

यसका साथै मृगौलालाई समयसमयमा जाँच गराउनु यसलाई स्वस्था राख्नु अर्को उपाय हो । समयसमयमा मृगौलाको अवस्थाको बारेमा जाँच गरेको अवस्थामा हामीहरुले मृगौला खराब हुनु अगावै त्यसको अवस्था बुझेर समयमा नै सतर्क हुन सक्छौं । मृगौला टेस्ट लागि धेरै केही पनि टेस्ट गर्नुपर्दैन । सिर्फ २-३ वटा टेस्ट यसको लागि काफी हुन्छ जसमा १ हजार देखी २ हजार खर्च लाग्छ ।

( सुमेर अस्पतालका मृगौला प्रत्यारोपण सर्जन डा. विरेन्द्र यादवसँगको कुराकानी आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.