रुग्ण जलविद्युत आयोजनाको अध्ययन गर्न उर्जा मन्त्रालयलद्वारा समिति गठन

  २०७६ कार्तिक ६ गते १७:३३     विकासन्युज

काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले रुग्ण जलविद्युत आयोजनाहरुको अध्ययन गर्न समिति गठन गरेको छ । नीजि क्षेत्रबाट सञ्चालन भएका रुग्ण आयोजनाहरुका समस्याहरुको अध्ययन गर्न मन्त्रालयले उर्जा महाशाखा प्रमुख सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा बुधबार दश सदस्यीय समिति गठन गरेको हो ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय (सचिवस्तर) को कात्तिक ४ गतेको निर्णयअनुसार समिति गठन गरेको बताइएको छ । समितिमा मन्त्रालय अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव,अर्थमन्त्रालयका प्रतिनिधि, विद्युत नियमन आयोगका प्रतिनिधि, विद्युत विकास विभागकाका उपमहानिर्देशकको सदस्यतामा समिति गठन भएको छ ।
यस्तै नेपाल राष्ट्र बैकका प्रतिनिधि, विद्युत व्यापार विभागका प्रमुख, इप्पानका दुई प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रतिनिधि र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रादयका सिडिइ सदस्य सचिव रहने गरी समिति गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.