बजार पुँजीकरणमा एनआईशी फेरि आठाै‌ं स्थानमा, १२००% बढ्दा पनि कारोबार अर्ब पुगेन

  २०७६ कार्तिक २ गते ९:०९     विकासन्युज

काठमाडौं । गत साता शेयर बजारको कारोबार करिब १२०० प्रतिशत अर्थात् १२ गुणाले बढ्यो । अघिल्लो साता ६ करोड ३८ लाखमा सीमित भएको बजारको कारोबार ११.८५ गुणाले बढेर ८२ करोड पुगेको हो । यद्यपि ४ दिनको कारोबार पनि १ अर्ब पुग्न भने सकेन । दशैं सकिएपछि खुलेको बजारमा अझै लगानीकर्ताहरु सक्रिय नुहँदा कारोबार बढ्न नसककाे हो ।

बजारमा यो साता एनआईशी एशिया बैंकले अघिल्लो साता कृषि विकास बैंकले लिएको आठौं सर्वाधिक बजार पुँजीकरण भएको कम्पनीको स्थान फेरि हात पारेको छ । अघिल्लो साता एनआईशी एशिया बैंक नवौं स्थानमा थियो । अरु स्थानमा भने कुनै परिवर्तन भएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.