एडभेञ्चर मोटरसाइकल ‘एक्सपल्स २००’ सार्वजनिक, मूल्य ३८५ हजार रुपैयाँ मात्र

  २०७६ असोज २८ गते १८:०८     विकासन्युज

काठमाडौं । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल ‘एक्सपल्स २००’ सार्वजनिक भएको छ । हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अुनसार यो बाइक देशभरका नेपाल जेनरल माकेटिङल सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछन् । हिरो मोटर कर्पको यस उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ ।

भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.