दश हजार घुससहित नापी कार्यालयका सर्भेक्षक पक्राउ

  २०७६ असोज १५ गते १५:५४     विकासन्युज

चिप्लेढुङगा । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।

आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.