बुधबारबाट सन् २०२१ का लागि ईडीभीको आवेदन खुल्दै, कात्तिक १९ गतेसम्म भर्न सकिने

  २०७६ असोज १५ गते १४:२५     विकासन्युज


काठमाडौँ । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (इडिभी)का लागि आवेदन फारम खुलेको छ । बुधबार राति १२ बजेबाट इडिभीको आदेवन खुला हुने भएको हो ।

कात्तिक १९ गते राति १२ बजेसम्म आवेदन दिन सकिने छ । यस वर्ष डिभी भर्न पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने र आफैं भर्न सकिनेछ । फारम भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ । नतिजा आएपछि कन्फर्मेसन नम्बरकै आधारमा इडिभीको नतिजा हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.