पेट्रोल र डिजेल भारतमाभन्दा नेपालमा सस्तो, ‘भारतीय सवारी पनि यतै हाल्छन् इन्धन’

  २०७६ असोज १४ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपालीले उपभोग गर्ने धैरै बस्तुहरु विदेशबाट आयात हुने गरेको छ । आयातित वस्तु र सामाग्री नेपालमा विदेशको मूल्यभन्दा धेरै मूल्य लिएर बिक्री वितरण हुन्छ ।

तर, नेपाल आयल निगमले भारतबाट भित्रने पेट्रोलियम पदार्थ भने त्यहाँको मूल्य भन्दा सस्तोमा बिक्री वितरण गर्दै आएको छ । भारतमा भन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ ५९ पैसा र डिजेलमा १४ रुपैया ४४ पैसा प्रतिलिटर सस्तो मूल्य रहेको छ । नेपालमा पेट्रोल मूल्य प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा छ भने भारतमा ११९ रुपैयाँ ९ पैसा पर्छ । त्यस्तै नेपालमा डिजेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ ५० पैसा छ भने भारतमा १०७ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल आयल निगमले भारतबाट नै तेल आयात गरेर भारतकोभन्दा सस्तोमा बिक्री वितरण गरिरहेको छ । त्यसकारण नेपाली नाका आसपास सञ्चालन हुने र नेपालमा आएका मौका छोपी भारतीय सवारी साधनहरुले समेत यतैबाट तेल हालेर जाने गरेका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भारतबाट नै तेल ल्याएर भारतको भन्दा सस्तोमा बिक्री गरिरहेको बताए । भारतमा तेलको बजार ठूलो छ, भारतले हामीलाई तेल दिंंदा ढुवानी खर्च जोड्दैन, त्यसकारण पनि नेपालमा त्यहाँ भन्दा सस्तो भएको हो–कार्यकारी निर्देशक पौडेलले भने ।

केही समय अघिसम्म हामीले ट्याङ्कर लगेर तेल ल्याउने गरेका थियौँं । अहिले पाइपलाईनबाट तेल आइरहेको छ । इन्डियन आयल कर्पोरेसनका कर्मचारीको खर्च नजोडी तेल दिएकोले पनि नेपालमा तेलको मूल्य सस्तो भएको हो । कार्यकारी निर्देशक पौडेलले भने–‘हामीले नै कच्चा तेल ल्याएर प्रसोधन गर्ने हो भने पनि हामीलाई मंहगो मूल्य पर्न जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.