दशैंको टीकाको दिन पनि राष्ट्रिय बाणिज्य बैंकका २ शाखा सञ्चालन हुने

  २०७६ असोज १४ गते ८:३९     विकासन्युज


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले दशैंको टीकाको दिन असोज २१ गते पनि बैंकिङ सेवा दिने भएको छ । टीकाको दिन समेत काठमाडौँ उपत्यका भित्रको शाखा कार्यालय बानेश्वर र उपत्यका बाहिरको शाखा महेन्द्रपुल खुला राखी नगद जम्मा र चेक भुक्तानी गरी ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै दशैं बिदाको अन्य दिन असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाका ६ र उपत्यका बाहिरका १६ शाखाबाट बैंकिङ सेवा दिन जनाएको छ । ती दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।

बिदाको दिन काठमाडौँ उपत्यका भित्र बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलंकी, ललितपुर र त्रिवि विमानस्थाल शाखामा खुला हुने भने उपत्यका बाहिरका विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखा खुला रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.