यस्तो छ होण्डाको डर्ट बाइक‘एक्सआर १५० एल’, के छन् विशेषता ?

  २०७६ असोज १३ गते १३:४६     विकासन्युज


काठमाडौँ । नेपालका लागि होण्डा टू व्हीलरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको स्कुटर, कम्युटर बाइक्स, बिग बाइक्स तथा डर्ट बाइकहरु बिक्री वितरण गर्दै आइरहेको छ । होण्डाले नेपालमा विक्री गर्दै आएको सवैभन्दा कम मूल्य पर्ने डर्ट बाइक एक्सआर १५० एल हो जसको बजारमूल्य चार लाख ८४ हजार नौ सय रहेको छ ।

५–स्पिड गियरबक्स दिइएको एक्सआर १५० एल मा १५० सीसी सिङ्गल-सिलिण्डर इञ्जिन दिइएको छ, जसले १२.१४ एचपिको पावर र १२.५ एनएमको टर्क प्रोड्यूस गर्दछ । टायरको कुरा गर्नु पर्दा यस बाइकको अगाडिको चक्कामा ९०/९० सेक्सनको र पछाडिको चक्कामा ११०÷९० सेक्सनको डुअल पर्पोज टायरहरु दिइएका छन् । त्यसैगरी, अगाडिको चक्कामा २४० मिलिमिटर डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक दिइएको छ । यति भएतापनि यस बाइकमा एबीएस चाहिँ दिइएको छैन ।

यस बाइकको ग्राउण्ड क्लियरेन्स२४५ मिलिमिटर र कर्ब वेट चाहिँ १२९ के.जी.छ । ठूलो ग्राउण्ड क्लियरेन्स र थोरै तौल भएको हुनाले पनि यस बाइकको अफरोडिङ्ग पर्फमेन्स उत्कृष्ट रहेको छ । त्यसैगरी, १२ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यो बाइकको सिट लामो र चौडा छ, जसले राइडर र पिलियन दुवैलाई आरामदायक सिटिङ्ग पोस्चर प्रदान गर्दछ ।

स्याकार ट्रेडिङ्ग कम्पनीका अनुसार दशैं तिहारलाई लक्षित गरेर ल्याइएको अफर अनुरुप ग्राहकले यस बाइकको खरिदमा रु. १०,००० नगद छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.