भेस्पा र अप्रिलियाको शो रुम सुर्खेतमा

  २०७६ असोज १३ गते १३:२३     विकासन्युज


काठमाडौँ । नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड़ ग्रुपअन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले सुर्खेतमा शोरुमको उद्घाटन गरेकोे छ । उक्त शोरुम सूर्खेतमा श्रीनाथ सप्लायर्सले सञ्चालनमा ल्याएको हो ।

सोमबार शो रुमको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढा र भेस्पा/अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले संयुक्त रुपमा गरेका हुन् । सोही कार्यक्रममा ११ वटा स्कूटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रममा मन्त्री नन्दसिंह बूढाले यस्तो प्रिमियम प्रोडक्टको नयाँ शो रुम सञ्चालनमा आउनु खुशीको कुरा भएको बताए । उक्त कार्यक्रममा कम्पनीका हेड अफ अपरेशन(भेस्पा/अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.