टिभिएसको ‘अपाचे आरआर ३१०’ मोटरसाईकलका यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?

  २०७६ असोज १२ गते १४:३९     विकासन्युज


काठमाडौँ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० लाई केहि महिना अघि नेपाल भित्र्याएको थियो । कम्पनीले टिभिएसको प्रिमियम मोटरसाइकलको रुपमा ल्याएको यस मोटरसाइकलको मूल्य नेपाली बजारमा ७ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।

यो स्पोर्ट बाइक हेर्दा हेभी देखिन्छ, जसको एग्रेसिभनेसलाई बढाउनमा ट्वीन एलइडि प्रोजेक्टर, फ्रन्ट फेयरिङ्ग, विन्ड स्क्रीन लगायतले मद्दत पुर्याएका छन् ।

अपाचे आरआर ३१० मा भएको इञ्जिन एउटा ३१२.२ सीसी लिक्विड कुल्ड सिङ्गल–सिलिण्डर इञ्जिन हो, जसले ३४ एचपिको पावर र २७.३ एनएमको टर्क प्रोड्युस गर्छ । कम्पनीले यसको टप स्पिड १६० र त्यसैगरी यसले ० देखि ६० को स्पिड २.९३ सेकेण्डमै कभर गर्न सक्छ भनेर क्लेम गरेको छ । टिभिएसका इञ्जिनियरहरुले विभिन्न एक्सपेरिमेन्ट पश्चात फाइनलाइज गरेको एरोडाइनामिक्स सेपले गर्दानै यो कुरा सम्भव भएको हो ।

दुबै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरको रुपमा डुअल–च्यानल एबीएस दिइएको छ जसले यो बाइकलाई सुरक्षित बनाएको छ । सुरुमा यो बाइक बजारमा आउँदा यसमा स्लिपर क्लच थिएन, तर व्यापक आलोचना पछि हालसालै मात्र टिभिएसले यस बाइकमा अर्को सेफ्टि फिचरको रुपमा स्लिपर क्लच समावेस गरेको छ ।

स्लिपर क्लचले गियर डाउनसिफ्टलाई स्मूथ बनाउने काम गर्छ र त्यसैगरी एग्रेसिभ डाउनसिफ्टको वेला चक्कालाई लक पनि हुन दिँदैन । हाल रेड, म्याट ब्ल्याक र फ्यान्टम ब्ल्याक गरी यो बाइक ३ कलर अप्सन्सहरुमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.