साढे ४ महिनाभित्र कुमारी बैंककाे तेस्रो पटक साधारणसभा, पुँजी साढे ९ अर्ब नाघ्यो

  २०७६ असोज ११ गते १७:४५     विकासन्युज

काठमाडौं । साढे ४ महिनाको अन्तरमा कुमारी बैंकले तेस्रोपटक बोलाएको साधारणसभा शनिबार सकिएको छ । शनिबार बिहान ११ः३० बजे नक्सालस्थित एक पार्टी प्यालेसमा बोलाइएको बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ ।

त्यस्तै, सभाले बैंकको तर्फबाट अध्यक्ष अमिर प्रताप राणाले प्रस्तुत गरेको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत समावेश भएको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंकले गत बैशाख २६ गते १८ औं वार्षिक साधारणसभा बोलाएको थियो । उक्त साधारणसभाले अन्य सबै एजेन्डाहरु उपर छलफल गरि पारित गरे पनि महिला सञ्चाललको प्रतिनिधित्वमा सम्बन्धमा मुद्दा परेपछि पाटन उच्च अदालतको आदेशपछि सञ्चालकको निर्वाचन प्रक्रिया भने रोकिएको थियो । सो प्रक्रिया पूरा गर्न बैंकले जेठ ३१ गते विशेष साधारणसभा बोलाउनु परेको थियोे । यो भने १९ औं वार्षिक साधारणसभा हो ।
आर्थिक वर्ष २०७५÷७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.