नेपाली बजारमा पाइने टाटाको सबैभन्दा सस्तो कार, मूल्य कति ?

  २०७६ असोज १० गते १०:५९     विकासन्युज


काठमाडौँ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले भारतीय अटोमेकर कम्पनीका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टाटाका कारहरुमध्ये ‘टियागो’ को बेस भेरियन्ट ‘टियागो एक्सइ’ सवैभन्दा सस्तो मोडेलका रुपमा रहेको छ, जसको बजारमूल्य रु.२४,९५,००० तोकिएको छ ।

यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, हिटर, एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् ।

त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्रीजस्ता कुराहरु दिइएका छन् ।

यस कारमा प्रयोग भएको ११९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ८५ पिएसको पावर र ११४ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २३.८४ केएमपीएलको माइलेज दिन्छ ।

यसरी ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३७४६ मिलिमिटर, चौडाई १६४७ मिलिमिटर र उचाई १५३५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी कम्पनीले ३५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक जडान गरेको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.