सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकको सहयोग

  २०७६ असोज ९ गते १७:४८     विकासन्युज


काठमाडौँ । बि.संं. २०७४ साउनमा तराईमा बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी हस्तान्तरण गरिएको छ ।

उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ ।
उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.