नक्सालमा सुजुकीको विश्व स्तरीय शोरुम शुभारम्भ

  २०७६ असोज ८ गते १९:०८     विकासन्युज


काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन किन्जी साइतो (शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी) तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका हुन् ।

हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न र अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडिका रेन्जहरु स्क्रस, सियाज, एर्टिगा तथा एक्सएल ६ उपलब्ध छन् ।

ग्राहक एवम् कम्पनी बिचको सम्वन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएको यो सुजुकीको ३७औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्टसम्वन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्ने कुरा सिजि मोटोकर्पका विज्नेस शाखा प्रमुख सिरज पन्तले बताए ।

ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्वन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको कुरा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे ।

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढि सर्टिफाइड पार्टस् आउटलेटहरु रहेका छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत बृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.