पूर्णिमा विकास बैंकका सीइओमा प्रकाश गुरुङ नियुक्त

  २०७६ असोज ८ गते १६:२७     विकासन्युज


काठमाडौँ । पूर्णिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले असोज ९ गतेदेखि पूर्णिमा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोबार नहुञ्जेलसम्मका लागि सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पूर्णिमा विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग एक्वीजिशनमा जानेबारे राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागबाट २०७६ बैशाख १६ गते प्रारम्भिक सहमति प्राप्त भएको र असार २७ गते दुबै संस्थाको विशेष साधारण सभाबाट पारित भई अन्तिम स्वीकृतिको क्रममा रहेको पूर्णिमा विकास बैंकका बरिष्ठ प्रबन्धक बद्रिकेदार श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.