युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने अवधि १५ दिन थपियो

  २०७६ असोज ६ गते १७:२५     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन गर्ने अवधि थपिएको छ । इन्स्योरेन्सले जारी गरेको १ः२.४ अनुपातको हकप्रद शेयर भर्ने समयावधि १५ दिनका लागि थपिएको हो । यसअघि साउन १४ गतेदेखि असोज ६ गतेसम्म रहेको समयावधि थपिएसँगै अब शेयरधनीहरुले असोज २३ गतेसम्म हकप्रद भर्न सक्नेछन् । सो अवधिसम्म पनि हकप्रद नभर्ने शेयरधनीहरुले पाउनुपर्ने शेयर भने लिलाम बढाबढमा बिक्री हुनेछ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी तोक्दै सो पुँजी पुर्याउन गत असार मसान्तसम्म समयावधि दिएपछि युनाइटेड इन्स्योरेन्सले हकप्रदको बाटो लिएको थियो । हाल ३० करोड २४ लाख चुक्ता पुँजी भएको युनाइटेडको हकप्रदपश्चात् पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैंया पुग्नेछ ।

युनाइटेडले हकप्रद भर्न असोज २३ गतेसम्म समय दिए पनि असोज १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा भएका कारण दशैंपछि भने १ दिन मात्रै शेयर भर्ने समय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.