दशैंको लागि नयाँ नोट असोज १० गतेदेखि खुला, सबै प्रकारका बैंक/फाइनान्समा पाइने

  २०७६ असोज २ गते २०:३५     विकासन्युज

काठमाडौं । बडा दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले बाँढ्ने नयाँ नोट असोज १० गतेदेखि १७ गतेसम्म लिन पाइने भएको छ । राष्ट्र बैंकले रु.५, रु.१०, रु.२०, रु ५० र रु १०० दरका एक÷एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही दिने जनाएको छ ।

नयाँ नोट सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट साट्न सकिने राष्ट्र बैंकका प्रबक्ता लक्ष्म प्रपन्न निरौलाले जानकारी दिए । ‘जसको बैंक खाता जहाँ छ, त्यहीबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिन्छ’ विहीबार राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरु र राष्ट्र बैंकले तोकेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक निश्चित शाखाबाट सर्बसाधारण जो कोहीले पनि नयाँ तथा सुकिला नोट सटही गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

सर्वसाधारणले नेपाल बैंक लिमिटेडको न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट लिन सक्ने छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट लिन सकिनेछ । त्यस्तै, कृषि विकास बैंकको गौशला, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाहरुबाट नयाँ नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.