कामना सेवा र बिओके क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

  २०७६ असोज २ गते १८:२९     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बिओके क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.