पियाजियो एपे सिटी डिलक्स नेपालमा सार्वजनिक

  २०७६ भदौ २६ गते १७:४२     विकासन्युज


काठमाडौँ । एमभी दुगड ग्रुप नेपालले वीरगञ्जमा पियाजियो थ्री ह्वीलर्सको नयाँ मोडल पियाजियो एपे सिटी डिलक्सकोे उद्घाटन गरेको छ ।

उक्त नयाँ एपे सिटी डिलक्सका विशेषताहरुमा नयाँ ईन्जिन, पहिले भन्दाअधिक्तम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि,आरामदायी साथै स्पेसियस यसकोआकर्षक लुक्स हुन् ।

उक्त कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाध्यक्षद्वय शूधान्सु अगर्वाल, एक्सर्पोट मेनेजर दीपककुमार, पियाजियोका हेड अफअपरेशन विजय महतो र दुगड ब्रदर्स एण्ड सन्सका जनरल मेनेजर वेदप्रकाश शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

सोहि दिनमा आफ्ना १०० भन्दा बढी ग्राहकहरुलाई पियाजियो एपे सिटी डिलक्सको सफल डेलिभरी समेत गरिएको एभभी दुडग ग्रुपका पीआर हेड बिमला थापाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.