राष्ट्रिय वाणिज्य बैँकका ग्राहकलाई किस्ट हस्पिटलमा १५ प्रतिशत छुट

  २०७६ भदौ २४ गते १२:४९     विकासन्युज


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ्ग हस्पिटलबीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म पाउने छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, किस्ट टिचिङ्ग हस्पिटलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.