नबिल बैंक र एडुकेशन कन्सलटेन्सीबीच बैंकिङ्ग सेवासम्बन्धी सम्झौता

  २०७६ भदौ २४ गते ११:५०     विकासन्युज

काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इसिएएन) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा यही २२ गते एक विशेष समारोह बीच हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरेका हुन् ।

यस सहमति पश्चात नबिल बैंकले इसिएएनसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारीक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । सम्झौता अन्तर्गत बैंकले इसिएएन सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।

इसिएएनको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.