एसीजीको एजीएम अर्थमन्त्रीले मंगलबार उद्घाटन गर्ने

  २०७६ भदौ २३ गते १६:५८     विकासन्युज


काठमाडौँ । एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासेफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप(एसीजी)को २३ औं वार्षिक साधारण सभा भदौ २३ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आयोजनामा हुन लागेको साधारण सभाको अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ २४ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, प्राध्यापक विजय केसी, सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउद, एसीजीका अध्यक्ष तथा कोरिया सेक्युरिटिज डिपोजिटरीका प्रमुख डा. भ्युङ्ग्रेही ली र नेपाल राष्ट्र बैंकका प्रतिनिधि लगायतकाले संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.