शेयर बजार बढाउन भरत रानाभाटको दुई टिप्स

  २०७६ भदौ २२ गते १२:२७     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अहिलेको अवस्थामा शेयर बजार सुुधार गर्न दुईओटा विषय अपरिहार्य रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा बजार घटिरहनुको कारण लगानीकर्ताको कन्फिडेन्स भएको भन्दै बजारमा सुधार ल्याउन लगानीकर्ताको बजारप्रतिको विश्वास बढाउनुपर्ने र त्यसका लागि सरकारले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई बजारबाट शेयर किन्न लगाउनुपर्ने र पत्रकारहरुले सकारात्मक समाचार प्रवाह गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिकोत्सव र साधारणसभामा बोल्दै रानाभाटले भने – ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, अहिलेको अवस्थामा शेयर बजारलाई सुधार गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई बजारबाट केही शेयर किन्न भनिदिनुस्, यसो भयो भने बजारमा सकारात्मक कन्फिडेन्स आउँछ ।’

उनले पुँजीबजारसँग सम्बन्धित समाचार लेख्ने पत्रकारहरुलाई पनि विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘तपाईँहरुले लेखेको समाचारले बजारलाई प्रभाव पार्छ, यसलाई बुझेर विश्वसनीय ढंगबाट समाचार लेख्नुभयो भने लगानीकर्ताहरुले बजारप्रति विश्वास गर्छन् ।’ उनले भने ।

रानाभाटले नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि उल्लेख्य काम गरेको भन्दे अर्थमन्त्रीलाई धन्यवाद दिए । उनले भने – ‘अर्थमन्त्रीज्यूले भ्याटको समस्या समाधान गरिदिनुभयो, अरु पनि धेरै सुधारका काम गर्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.