भदौ २२ गते ‘अल्फा बिटा यूएस क्यानडा एजुकेसन फेयर’ हुँदै

  २०७६ भदौ १९ गते १८:३०     विकासन्युज

काठमाडौं। यस वर्षको ‘अल्फा बिटा युएस क्यानडा एजुकेसन फेयर’ २२ भदौमा हुने भएको छ। यूएस तथा क्यानडाका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा आगामी आइतबार अल्फाबिटा कम्प्लेक्स बानेश्वरमा फेयर हुने भएको हो।

फेयर बिहान १० बजेदेखि सुरु हुनेछ । विद्यार्थी तथा अभिभावकले एउटै छाना मुनि यूएस र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा परामर्श गरी सहि सुचना प्रदान गर्ने उदेस्यले फेयर आयोजना गरेको कार्यकारी अध्यक्ष द्धिराज शर्माले बताए ।

युएस तथा क्यानडामा उच्च शिक्षा लिन चाहनेहरुले कोर्ष, शुल्क, बसाईलगाएतका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् । विदेश अध्ययानमा जान चाहने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढिरहेको तथा यूएस र क्यानडामा समेत आकर्षण बढिरहेकाले ती देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फेयरमा सहभागिता जनाएर सत्य, निष्पक्ष सुचना विश्वविद्यालयका आधिकारिक प्रतिनिधिबाट प्राप्त गर्ने अवसर रहेको उनले बताए ।

अल्फा बिटाले फेयरमा सहभागि हुने विद्यार्थीलाई बिभिन्न अफर समेत राखेको छ। मेलामा २० स्टल रहनेछन् ।

फेयरमा सहभागि विद्यार्थीलाई तयारी कक्षामा ५० प्रतिशत छुट

आईतबारको मेलामा उपस्थित हुने विद्यार्थीलाई अल्फा बिटाले तयारी कक्षा लगाएतमा धेरै अफरको ब्यवस्था गरेको छ । फेयरमा सहभागि हुने विद्यार्थीले आईइएलटिएस, टोफल र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । फेयरमा सहभागिले ‘प्रोसेसिङ’ शुल्कमा पनि भारी छुट पाउने व्यवस्था गरेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.