अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आवद्द

  २०७६ भदौ १९ गते १७:०६     विकासन्युज

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ ।

सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपिएस ई पेमेन्ट मार्पत रियल टाईम र NCL-IPS मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।

यस अनुरुप अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने विश्वाश गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन ज्यूले हस्ताक्षर गर्नु भएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.