सिन्धुपाल्चोकमा निर्माणधीन एकिकृत नमूना माझी बस्तीलाई माछापुछ्रे बैंकको ७ लाख सहयोग

  २०७६ भदौ १५ गते १८:२९     विकासन्युज


काठमाडौँ । माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकिकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ ।

५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुनाबस्तिको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो ।

अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएतापनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.