प्रभु मनि ट्रान्फरबाट कारोबार गरे सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट

  २०७६ भदौ १३ गते १६:४६     विकासन्युज

काठमाडौं । प्रभु मनि ट्रान्सफर पैसा कारोबार गर्नेले सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट पाउने भएको छ ।

नेपालको अग्रणी रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सीजी इलेक्ट्रिकसंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सीजी इलेक्ट्रिकका विभिन्न ब्राण्डहरु एलजी, सीजी, गोदरेज, टीसीएल ब्राण्डका सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको प्रभु मनि ट्रान्सफरले जनाएको छ ।

यो योजनाबाट नेपाल भित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीले जनाएको छ ।

कुनै पनि ग्राहकले प्रभु मनिट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रिसका कुनै पनि शोरुमहरुबाट टिभी, फ्रिज, वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

तीज, दशैं, तिहार, छट लगायत चाड पर्वकाे अवसरमा ल्याएकाे याे याेजना सीमित अवधि मात्र चल्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.