नाडा अटो शोमा टोयोटाका २ हाइब्रीड मोडल सार्वजनिक

  २०७६ भदौ ११ गते १०:२०     विकासन्युज

काठमाडौँ । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ ।

टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले जनाएको छ ।

हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ ।

हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन्, सइभी मोड जसमा ब्याट्री मात्र खपत भई शुन्य इमीसन हुन्छ, इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ किमि प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यो सवारीको मुल्य रु. १३,४००,०००/– रुपैँया रहेको छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यस सवारीको मुल्य रु. १३,१००,०००/– रुपैँया रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.