सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारीकाे सम्भावना

  २०७६ भदौ ६ गते १६:२८     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)मा चिरायु भण्डारीलाई प्रस्ताव गरेको छ । सञ्चालक समितिले भण्डारीसँग व्यवसायिक योजनाबारे समेत छलफल गरेको छ ।

दुई पक्षबीचको छलफल सकारात्मक भएपछि कम्पनीका प्रतिनिधिले बीमा समितिसँग अनौपचारिक छलफल गरेका छन् तर बीमा समितिले केही प्राविधिक कुरा उठाएको स्रोतले बतायो ।

भण्डारी गत असारसम्म नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनीसँग लामाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ ।

‘बीमा क्षेत्रमा चार दशकदेखि कार्यरत छु । अब यो क्षेत्र छोडेर बाहिर जाने कुरा भएन’ भण्डारीले भने–‘विभिन्न कम्पनीबाट प्रस्ताव आएका छन् तर निर्णय भएको छैन ।’

२ वर्षअघि स्थापना भएकाे सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेकाे छैन । हाल महाप्रवन्धक शिवराम तिमल्सिनाले व्यस्थापकीय नेतृत्व समालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.