नवलपरासी धौवादीको फलाम उत्खनन् गर्न मन्त्री परिषदबाट १० अर्ब स्वीकृत

  २०७६ भदौ ५ गते १८:३४     विकासन्युज

काठमाडौं । नवलपरासी धौवादीको फलाम उत्खनन् गर्न १० अर्ब रुपैयाँको कम्पनी दर्ता प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भएको छ । उद्योग मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेको प्रस्ताव स्वीकृत भएको विहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

२०६८ सालमा पत्ता लागेको धौवादी फलाम खानीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाई क्षेत्रमा खानी फैलिएको खानी विभागको दावी छ । सो क्षेत्रको फलामको नमुनालाई चीनमा लगेर ल्याब परिक्षण गरिएको थियो । चीनमा गरिएको परिक्षणले फलाम खानीमा उपयोग गर्न लायक फलाम प्रशोधन सम्भव भएको रिपोर्ट दिएको महानिर्देशक सोमनाथ सापकोटाले बताए । तर त्यसको व्यवसायीक सम्भाव्यताका बिषयमा भने अझै अध्ययन भएकै छैन् ।

अध्ययन नै नगरि कम्पनी खडा गरेर उत्खनन गर्ने कुराले पाइपबाट ग्यास वितरण गर्ने हचुवा भाषणकै बाटोमा लैजाने डर भने रहेको खानी विभाग श्रोत बताउँछ । मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले फलाम खानी कम्पनीको मोडेल तयार गरेको हो । यसमा ४५ प्रतिशत निजि क्षेत्रको शेयर हुने गरी सरकारले कम्पनी गठन गर्ने बाटो खुलेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.