इनरुवा विद्युत् प्राधिकरणले उठायो डेढ करोड राजश्व

  २०७६ भदौ ५ गते १५:४४     विकासन्युज

इनरुवा । एक वर्षको अवधिमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले करिव रु डेढ करोड राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन भएको केन्द्रका प्रमुख ई सञ्जीवकुमार साहले बताएका छन् । सो अवधिमा काटिएका विद्युत लाइन, कालो सूची, हुकिङ र मिटर चुहावटमा गरिएको कार्वाहीमा सो रकम सङ्कलन भएको थियो ।

आव २०७५÷७६ मा तोकिएको समयभित्र बिलबमोजिम भुक्तानी नदिने ६११ को लाइन काटिएकामा ५९७ जनाबाट रु एक करोड २६ लाख ६० हजार ९८० असुल गरिएको थियो भने कालोसूचीमा परेका १५२ मध्ये छ जनाले मात्र रू चार लाख आठ हजार ७६९ जरिवाना बुझाएका थिए ।

यसैगरी, ५०२ स्थानका हुकिङ हटाइनुका साथै गरिएको कार्बाहीमा रु ११ लाख १४ हजार ५६ राजश्व असुुल भएको केन्द्रका प्रमुख साहले बताएका हुन् । मिटर चुहावट असुली रकम भने रू तीन लाख ६७ हजार २३५ पुगेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.