जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना

  २०७६ भदौ ४ गते ८:४२     विकासन्युज

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरको छ । नेपालमा स्टार्ट अपकम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो ।

जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवाप्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो । यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोवाइल सेवाप्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसकालागिआवश्यकउपकरण तथातयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्टार्ट अपहरुले नयाँप्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथ ाएसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएकाछन् भनेर जानकारी लिन पाएकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.