३५ प्रतिशत बोनस सेयर वितरण गर्ने ग्लोबल आईएमई लघुवित्तको घोषणा

  २०७६ भदौ १ गते १६:२३     विकासन्युज


काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार १ सय २५ रुपैँया बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.