सानिमा लाइफले ८ करोड ९१ लाख नाफा कमायो, अघिल्लो आव भन्दा २ करोड ५८ लाख बृद्धि

  २०७६ भदौ १ गते १५:००     विकासन्युज


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण आइतबार सार्वजनिक भएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा वृद्धि गरेको छ ।
आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा ६ करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा ८ करोड ९१ लाख ७ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ६ करोड १५ लाख ७३ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५/७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा १४ करोड ४३ लाख ४४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, जीवन बीमा कोषमा आव २०७४/७५ मा ५ करोड ११ लाख ६२ हजार तथा आव २०७५/७६ मा २२ करोड २८ लाख २६ हजार रुपैयाँ रहेको देखिन्छ ।

आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी ११ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा ११ करोड ६३ लाख ६१ हजार रुपैयाँ छ । विमाङ्कीय मूल्याङ्कन र सो पश्चात आउने प्रतिफलले सेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुने तथा नयाँ बोनश दर कायम हुने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.