राष्ट्रिय वाणिज्य बैंकको नाफा उत्साहजनक, एक वर्षमै बैंकले कमायो ५ अर्ब ३२ करोड रुपैंयाँ

  २०७६ साउन ३० गते १०:०४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले उत्साहजनक नाफा आर्जन गरेको छ । एक वर्षमै बैंकले कमायो ५ अर्ब ३२ करोड रुपैंयाँ कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म ३ अर्ब ६५ करोड नाफा गरेको बैंकले गएको आवमा ४५.७५ प्रतिशतले बढी नाफा गरेको हो । बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ६१ करोड रुपैंयाँ रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४४ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ । ९ अर्ब करोड रुपैंयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैंयाँ रहेको छ ।

बैंकको सीडी रेसियो ७२.७८ प्रतिशत छ भने आधार ब्याज दर अन्य बैंकको तुलनामा न्यून छ । बैंकको ब्याजदर ५.५ प्रतिशतमात्रै छ ।
कस्ट अफ फण्ड ३.५२ प्रतिशत रहेको बैंकको स्प्रेड दर ४.४६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ५९.२४ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.