नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा ३ अर्ब ४१ करोड, २४ करोडले नाफा घट्यो

  २०७६ साउन ३० गते ९:४६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको अघिल्लो आर्थिक वर्ष २०७४/७५ कोभन्दा घटेको छ । बैंकको नाफा गत आव २०७५/७६ मा भन्दा २४ करोडले घटेको हो ।

गत आवमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँमात्रै नाफा कमाएको छ । अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब ६५ करोड रुपैंयाँ थियो । बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ३९ करोड मात्रै रहेको छ । गत आर्थिक वर्षको नाफाबाट जम्मा १०.८० प्रतिशत मात्रै लाभांश दिन सक्छ ।

बैंकको खुद ब्याज आम्दानी भने ६ अर्ब १५ करोड र संचालन मुनाफा ४ अर्ब २२ करोड रहेको छ । १२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकसँग जगेडा कोषमा भने १० अर्ब ९५ करोड रुपैंयाँ रहेको छ ।

बैंकको बैंकले १ खर्ब ४९ करोड निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब रुपैंयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको खराब कर्जा भने २.७८ प्रतिशत रहेको छ ।

बैंकको सिडी रेसियो ७१.९७ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बेसरेट ८.३३ प्रतिशत र कष्ट अफ फण्ड ६.३१ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २६.५४ पैसा रहेको छ । बैंकको प्रति सेयर आम्दानी २६.५४ रुपैंयाँ छ । प्रति सेयर नेटवर्थ १९९.७८ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.