एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना, ‘एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा’

  २०७६ साउन २९ गते १६:१४     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजनाअन्तर्गत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।

बैंकले चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो ।

उक्त विप्रेषण रकम बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ ।

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भदौ १ देखि असोज ३० गतेसम्म लागू हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.